ट्वान्टी-२० शृंखला

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले बलिङको निर्णय लिएको नेपालले पहिलो ओभरको अन्तिम बलमा जोन्सन चार्ल्सको विकेट लिन सफल भएको हो । कमलसिंह ऐरीको बलमा एक रन पनि नजोडी चार्ल्स क्लिन बोल्ड भएका हुन् ।

इन्डिज अहिले एक ओभरको समाप्तिमा १३ रन जोड्न सफल भएको छ ।

यही जुन २ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप नेपालले इन्डिजविरुद्ध शृंखला खेल्दैछ । पाँच खेलको शृँखलामा नेपालले दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौंथो खेल बिहीबार र अन्तिम खेल शनिबार खेल्नेछ ।


नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, लोकेश बम