ट्वान्टी-२० शृंखला

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले बलिङको निर्णय लिएको नेपालले चौंथो ओभरको तेस्रो ओभरमा तेस्रो नम्बरमा आएका आन्द्रे फ्लेचरलाई रन आउटको शिकार बनाएको हो । दीपेन्द्रसिंह ऐरीको बलमा फ्लेचरलाई कप्तान रोहित कुमार पौडेलले रन आउट गरेका हुन् । फ्लेचर १३ रन बनाउँदै पेभिलियन फर्केका हुन् ।

यसअघि कमल सिंह ऐरीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जोन्सन चार्ल्सको विकेट लिएका थिए । चार्ल्स खाता नै खोल्न नपाई कमलको बलमा क्लिन बोल्ड भएका थिए ।

इन्डिजले चार ओभरको समाप्तिमा ५० रन जोडेको छ ।

यही जुन २ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप नेपालले इन्डिजविरुद्ध शृंखला खेल्दैछ । पाँच खेलको शृँखलामा नेपालले दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौंथो खेल बिहीबार र अन्तिम खेल शनिबार खेल्नेछ ।


नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, लोकेश बम