ट्वान्टी-२० शृंखला

कप्तान रोहितले दिलाए नेपाललाई तेस्रो सफलता

फाइल तस्वीर

काठमाडौं । कप्तान रोहित पौडेलको विकेटमा वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले बलिङको निर्णय लिएको नेपालका लागि रोहितले सातौं ओभरको पाँचौं बलमा एलिक अथानजेको विकेट लिएका हुन् ।

ओपनर अथानजे रोहितको बलमा ललित राजवंशीबाट क्याच आउट भएका हुन् । अर्धशतक बनाउन मात्र तीन रनबाट चुकेका अथानजेले २५ बलमा पाँच चौक्का र ६ छक्का प्रहार गरेको थिए ।

यसअघि कमल सिंह ऐरीले पहिलो ओभरको अन्तिम बलमा अर्का ओपनर जोन्सन चाल्र्सको विकेट लिएका थिए । चाल्र्स खाता नै खोल्न नपाई कमलको बलमा क्लिन बोल्ड भएका थिए ।

त्यसपछि नेपालले चौंथो ओभरको तेस्रो ओभरमा आन्द्रे फ्लेचरलाई रन आउटको शिकार बनायो । दीपेन्द्र सिंह ऐरीको बलमा फ्लेचरलाई कप्तान रोहितले रन आउट गरे । फ्लेचर १३ रन बनाउँदै पेभिलियन फर्केका हुन् ।

इन्डिजले आठ ओभरको समाप्तिमा ९५ रन जोडेको छ ।

यही जुन २ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप नेपालले इन्डिजविरुद्ध शृंखला खेल्दैछ । पाँच खेलको शृँखलामा नेपालले दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौंथो खेल बिहीबार र अन्तिम खेल शनिबार खेल्नेछ ।


नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, लोकेश बम