ट्वान्टी-२० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङको निर्णय लिए । खेल १२ः१५ बजे सुरु हुनेछ ।

यही जुन २ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप नेपालले इन्डिजविरुद्ध शृंखला खेल्दैछ । पाँच खेलको शृँखलामा नेपालले दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौंथो खेल बिहीबार र अन्तिम खेल शनिबार खेल्नेछ ।


नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, कमलसिंह ऐरी