माघ १७, २०८२ शनिबार | १२:१३:२१
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

राष्ट्रिय खुला तेक्वान्दो बैशाख २ गते हुने

सांकेतिक तस्विर

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते हुने भएको छ ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए)को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को सहयोगमा हुन लागेको प्रतियोगितामा ६०० बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाए ।

क्योरोगी र पुम्सेमा गरी ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीको सिनियर पुरुष/महिलामा समान ६, क्योरोगीकै जुनियर पुरुष/ महिलामा समान १० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्नेछन् ।

प्रतियोगिता दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि खेलाडी छनोटको आधार समेत रहेको छ । यो प्रतियोगितबाट समान तीन  पुरुष/महिला दक्षिण कोरियामा हुने प्रतियोगिताका लागि छनोट हुनेछन् ।

व्यक्तिगत पुम्सेबाट एक  पुरुष/महिला खेलाडी छानिनेछन् । सिनियरको स्पर्धाबाट समान दुई पुरुष/महिला खेलाडीले दक्षिण कोरियाको टिकट पक्का गर्नेछन् ।

सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौलसमूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइने छ । त्यो प्रतिस्पर्धामा समान द्ई पुरुष/महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन् ।

छनोट हुने ६ खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

एक दिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा हुनेछ । ६ वटा एरिना तयार गरी खेल खेलाइने मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न ५० निर्णायक परिचालन गरिने बताइएको छ ।

राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी रेफ्री रिफ्रेसर कोर्स पनि शनिबार सम्पन्न भएको छ । पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको रेफ्री रिफ्रेसर कोर्स अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सञ्चालन गरेका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।