भारतीय महिला लिग

दीपा र अनितासम्मिलित किकस्टार्टको फराकिलो हार

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका मिडफिल्डर दीपा शाही र अनिता केसीसम्मिलित किकस्टार्ट एफसीले भारतीय महिला लिगको अन्तिम खेलमा आइतबार ओडिशा एफसीसँग ६-० को फाराकिलो हार ब्यहोरेको छ ।

कलिंगा रंगशालामा ओडिशालाई जित दिलाउन सेर्टो लिन्डा कोमले ह्याट्रिक पूरा गरिन् । यसैगरी प्यारी सासाले दुई तथा कार्तिक अंगमुथुले एक गोल गरे ।

जितसँगै १२ खेलमा ३१ अंक जोड्दै ओडिशा च्याम्पियन बनेको छ । पराजित किकस्टार्ट समान खेलबाट २१ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

खेलको ११औं मिनेटमा कोमको गोलमार्फत ओडिशाले अग्रता लिएको थियो । दुई मिनेटपछि नै सासाले टोलीको अग्रता दोब्बर बनाइन् ।

२२औं मिनेटमा सासाले ब्यक्गित दोस्रमे गोल गर्दा ओडिशाले पहिलो हाफमै ३-० को आरमदायी अग्रता लियो ।

५८औं मिनेटमा अंगमुथुले गोल टोलीका लागि चौथो गोल गरिन् । कोमले ६६ र ७७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि ओडिशाले ६-०को सानदार जित निकाल्यो । 

पहिलो रोजाइमै मौका पाएका दीपा र अनिताले पूरै समय मैदानमा बिताए ।