काठमाडौं । चेल्सीले इङ्लिस प्रियिमर लिगमा बिहीबार टोटनहमविरुद्ध २-० को जित निकालेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन ट्रेभो चलोबा निकोलस ज्याकसनले गोल गरे ।
जितसँगै ३४ खेलमा ५१ अंक जोडेको चेल्सी आठौं स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट ६० अंकका साथ पाँचौं स्थानमा यथावत छ ।

खेलको २४औं मिनेटमा चलोबाको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । उनले कोनर गालाघरको फ्रिकिकलाई हेडमार्फत पोस्टको दिशा दिए ।
ज्याक्सनले ७२औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
