युभेन्ट्स

ग्रिनउड भित्र्याउने युभेन्ट्सको चाहना

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सले इङ्लिस फरवार्ड मेसन ग्रिनउडलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ । युभेन्ट्सले इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट ग्रिनउडलाई भित्र्याउन चाहेको हो ।

ग्रिनउड हाल स्पेनिस ला लिगा क्लब गेटाफेबाट लोनमा खेलिरहेका छन् । गेटाफेले उनलाई सन् २०२३ मा अनुबन्ध गरेको थियो ।

ग्रिनउडले गेटाफेका लागि २४ ला लिगा खेलमा ६ गोल गरेका छन् । गेटाफे अर्को सिजन पनि ग्रिनउडलाई क्लबमै राख्न चाहन्छ ।

सन् २०२५ सम्म सम्झौता रहे पनि युनाइटेड ग्रिनउडलाई स्थायी रूपमै अन्य क्लबमा पठाउने प्रयासमा छ ।