इन्डियन प्रिमियर लिग

राजस्थानको सुखद सुरुआत

काठमाडौं । घरेलु मैदानमा लखनउ सुपर जायन्ट्समाथि २० रनको जित निकाल्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद सुरुआत गरेको छ ।

जयपुरस्थित सवाइ मानसिंह क्रिकेट रंगशालामा राजस्थानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १७३ रन मात्र बनायो ।

लाखनउका लागि निकोलस पुरनले ४१ बलमा समान चार चौका र छक्काको मद्दतले अविजित ६४ रनको योगदन गरे । यसैगरी कप्तान केएल राहुलले ४४ बलमा चार चौका र दुई छक्काको मद्दतले ५८ र दीपक हुडाले २६ रन बनाए ।

पाँचौं विकेटका लागि पुरन र राहुलले ८५ रनको साझेदारी गरे । राजस्थानका लागि ट्रेन्ट बोल्टले दुई तथा नान्द्रे बर्गर, राविचन्द्रन आश्विन र सन्दीप शर्माले समान एक विमेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९३ रनको योगफल तयार पार्यो ।

राजस्थानका लागि कप्तान सन्जु स्यामसनले ५२ बलमा ६ छक्का र तीन चौकाको मद्दतले अविजित ८२ रनको योगदान गरे । यसैगरी रियान परागले ४३, यशस्वी जैसवालले २४, धुर्व्र जुरेलले अविजित २० र जोस बट्लरले ११ रन बनाए ।

तेस्रो विकेटका लागि स्यामसन र परागले ९३ रनको साझेदारी गरे । लखनउका लागि नवीन उल हकले दुई तथा मोहसिन खान र रवि बिश्नोइले समान एक विकेट लिए ।