इटालियन सिरी ‘ए’

अम्राबतमाथि एसी मिलानको नजर

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब एसी मिलानले मोरक्कन मिडफिल्डर सोफ्यन अम्राबत अनुबन्धमा इच्छा देखाएको छ । मिलानले सिरी ‘ए’ प्रतिद्धोन्द्धी फियोरिन्टिनाबाट अम्राबतलाई भित्र्याउन चाहेको हो ।

अम्राबत हाल इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा खेलिरहेका छन् । सन् २०२३ मा युनाइटेट पुगेका अम्राबतले क्लबका लागि १४ प्रिमियर लिग खेल खेल्ने मौका पाएका छन् ।

सन् २०२० मा बेल्जियमको क्लब ब्रुगबाट फियोरिन्टिना भित्रिएका अम्राबतले क्लबका लागि ८३ इटालियन सिरी एक खेलमा एक गोल गरेका छन् ।

सिरी ‘ए’ कै युभेन्ट्सले पनि अम्राबत भित्र्याउने प्रयास गरिरहेको छ ।