भाद्र २३, २०८१ आइतबार | ०५:०८:२६
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन वेष्ट इन्डिज-नेपाल शृंखला

त्यो वेस्ट इन्डिज, यो वेस्ट इन्डिज

काठमाडौं । साँच्चै, वेस्ट इन्डिज कुनै समय विश्व क्रिकेटको अजयी टिम थियो । भनिन्थ्यो, वेस्ट इन्डिजलाई हार्न आउँदैन । यो टिम कति धेरै बलियो थियो भनेर यससँग जोडिएका अनेक कथा सुन्न पाइन्छ, पढ्न पाइन्छ ।

ती दिन थिए, जतिबेला ट्वान्टी–२० क्रिकेट जन्मेको थिएन । टेस्ट क्रिकेट त थियो नै, एकदिवसीय क्रिकेट पनि भर्खर भर्खर आफ्नो अस्तित्व बनाउने प्रयासमा थियो । अझ एकदिवसीय क्रिकेट नै नभएका बेला पनि वेस्ट इन्डिज क्रिकेटको कुरै बेग्लै थियो ।

पहिलो कारण, वेस्ट इन्डिजले उत्तिकै महान खेलाडी पाउन छाड्यो । दोस्रो कारण, वेस्ट इन्डिज क्रिकेट शृंखलावद्ध रूपमा आपसी कलह र द्वन्द्वमा फस्यो । यसको चर्को मार समग्र वेस्ट इन्डिज क्रिकेटमै पर्ने भयो । 

सन् १९८० को अगाडि पछाडि वेस्ट इन्डिज लगातार तीन संस्करणको एकदिवसीय विश्वकप फाइनल पुगेको थियो । त्यसमध्ये दुई अवसरमा त च्याम्पियन नै भयो ।

जतिबेला टीभीको माध्यमबाट नेपालीको घर घरमा विश्व क्रिकेटले प्रवेश पाएको थियो, त्यतिबेलासम्म वेस्ट इन्डिजको क्रिकेट अब्बल दर्जाकै थियो । कप्तान थिए, रिची रिचर्डसन । ब्रायन लारा विश्व क्रिकेटकै महान ब्याटरको रूपमा उदय हुने क्रममा थिए । तीव्र बलिङ उत्तिकै धारिलो थियो, यसको जिम्मा कर्टनी वाल्स र कर्टली एम्ब्रोजको काँधमा थियो ।

आम क्रिकेटप्रेमी नेपालीको चाहना थियो, कुनै दिन आफ्नै आँखाले वेस्ट इन्डिजको क्रिकेट हेर्ने। अझ सके, नेपाली भूमिमै तर त्यतिबेला नेपाली क्रिकेट अहिले जस्तो थिएन, त्यसैले वेस्ट इन्डिज नेपाल आउने साइत नै जुरेन ।

कुनै पनि खेलको शीर्षमा पुग्न गाह्रो त हुन्छ नै । त्यसमा कायम रहन अझ पो गाह्रो हुन्छ । वेस्ट इन्डिजको क्रिकेटले पनि त्यही सत्य बेहोर्यो । वेस्ट इन्डिजको क्रिकेट विस्तारै ओरालो लाग्न थाल्यो । यसका अनेक कारण छन् ।

अहिलेको खेलाडीको प्रदर्शनले कुनै न कुनै मोडमा उत्कृष्टताको झल्को दिनेछ । यसमै टिकेर एउटा सामान्य अनुमान भने गर्न सकिन्छ, अहिलेको टिमको प्रदर्शन त यस्तो छ, झन पहिलाको वेस्ट इन्डिजको प्रदर्शन कति उच्च हुँदो हो । 

पहिलो कारण, वेस्ट इन्डिजले उत्तिकै महान खेलाडी पाउन छाड्यो । दोस्रो कारण, वेस्ट इन्डिज क्रिकेट शृंखलावद्ध रूपमा आपसी कलह र द्वन्द्वमा फस्यो । यसको चर्को मार समग्र वेस्ट इन्डिज क्रिकेटमै पर्ने भयो । ठीक त्यही बेला विश्व क्रिकेटमा ट्वान्टी–२० क्रिकेटको जन्म भयो । यसमै फ्रेन्चाइज क्रिकेटको पनि सुरुआत भयो । नतिजा खेलाडीले वेस्ट इन्डिजभन्दा फ्रेन्चाइज क्रिकेटमा खेल्न थाले ।यसमै नाम र दाम थियो । यस्तोमा यो नै तेस्रो प्रमुख कारण रह्यो । भनेपछि अब वेस्ट इन्डिज क्रिकेट त्यस्तो रहेन, जस्तो पहिले थियो । यो त असाध्यै कमजोर साबित भयो । टेस्ट क्रिकेटमा त यो जत्तिको फितलो टिम कुनै रहेन । तर, यसका खेलाडीले इन्डियन प्रिमियर लिगदेखि अन्य फ्रेन्चाइज क्रिकेटमा राम्रो प्रदर्शन गरिरहे ।

निचोड के रह्यो भने वेस्ट इन्डिज क्रिकेट कुनै समय असाध्यै बलियो थियो, अब त्यस्तो पटक्कै रहेन । समयको खेल कस्तो रह्यो भने यही वेस्ट इन्डिजको औपचारिक टिम अहिले नेपालमा छ ।

ए टिमको नाममा नेपालसँग पाँच ट्वान्टी–२० क्रिकेट शृंखला खेलिरहेको छ । कम्तीमा यही नाममा पनि नेपाली क्रिकेट समर्थकले आफ्नै आँखाले वेस्ट इन्डिजको क्रिकेट हेर्न पाए । यसबीच एउटा तथ्य के प्रस्ट भयो भने वेस्ट इन्डिजको क्रिकेट सबैले भन्ने गरे जस्तो उत्तिकै खराब पनि छैन रहेछ ।

भलै, ए टिममा रहेका खेलाडी उति नाम चलेका होइनन् । नाम चलेका खेलाडी पनि अब स्टार रहेनन् । तर, तिनै खेलाडीको प्रदर्शनमा पनि एकखाले विशिष्टता भने रहेछ । अहिलेको खेलाडीको प्रदर्शनले कुनै न कुनै मोडमा उत्कृष्टताको झल्को दिनेछ । यसमै टिकेर एउटा सामान्य अनुमान भने गर्न सकिन्छ, अहिलेको टिमको प्रदर्शन त यस्तो छ, झन पहिलाको वेस्ट इन्डिजको प्रदर्शन कति उच्च हुँदो हो ।