इन्डियन प्रिमियर लिग २०२४

गुजरातले मुम्बईलाई हरायो

काठमाडौं । अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा मात्र १२ रन जोडेपछि उपाधि दाबेदार मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपिए) मा गुजराइत टाइटन्ससँग ६ रनले पराजित भएको छ ।

अन्तिम ओभर लिएर आएका उमेश यादवले ११ रन बनाएका कप्तान हार्दिक पाड्या र पियुस चावलालाई आउट गरेपछि खेल सुभमन गिल कप्तान रहेको गुजरातको पक्षमा पुगेको हो ।

उपाधि दाबेदार मुम्बईले हारबाट प्रतियोगिता सुरु गरेको छ । गुजरातले भने पहिलो खेलमै दुई अंक जोड्न सफल भयो । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले पूरा २० ओभर खेल्दा ६ विकेट गुमाएर एक सय ६८ रन बनायो । जवाफी ब्याटिङमा पूरा २० ओभर नै खेलेपछि मुम्बईले ९ विकेट गुमाएर मात्र एक सय ६२ रन बनाएको हो ।

मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ३८ बलमा सर्वाधिक ४६ रन बनाए । पूर्व कप्तान रोहित शर्माले २९ बलमा ४३ तथा नमन धिरले २० र तिलक बर्माले २५ रनको योगदान गरेका हुन् । गुजरातको लागि उमेशसँगै अज्मतुल्लाह ओमार्जाइ, स्पेन्सर जनसन र मोहित शर्माले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले अहमेदाबाद मैदानमा एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसको जितमा साइ सुदर्शनले प्लेयर अफ दि म्याच प्रदर्शन गरे । उनले ३९ बलमा सर्वाधिक ४५ रन बनाएका हुन् ।

कप्तान गिलले ३१, अर्का ओपनर ऋद्धिमान शाहाले १९, राहुल तेवातियाले २२ रनको योगदान गरेका हुन् । मुम्बईका जसप्रित बुम्राहले तीन विकेट हात पारे ।