इटाली

इटालीको सहज जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व विश्वविजेता इटालीले इक्वेडरविरुद्ध २–० को सहज जित निकालेको छ ।

आइतबार राति इटालीको जितमा लोरेन्जो पेलेग्रिनी र निकोलो बेलेलाले गोल गरेका हुन् ।

पहिलो हाफमा एक गोल गरेको इटालीले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । खेलको तेस्रो मिनेटमै पेलेग्रिनीले गोल गर्दै सहज अग्रता बनाएका थिए ।

खेलको इन्जुरी समयको चौथो मिनेटमा रिकार्डाे ओर्साेलिनीको पासमा बेरेलाले गोल गर्दै सहज जित दिलाएका हुन् ।