ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’ को सामना गर्दै नेपाल

काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी २० शृंखलाको पहिलो खेलमा सोमबार आयरल्यान्ड ‘ए’ को सामना गर्दैछ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ बजे सुरु हुनेछ। नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एक अर्कासँग भिड्न लागेका हुन् ।

शृंखलाको दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि नेपालले भारत गएर बरोडा र गुजरातसँस समान दुई ट्वान्टी २० खेल खेल्नेछ।

नेपालले आइसिसी ट्वान्टी २० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग शृंखला खेल्न लागेको हो।

नेपाली टोली

रोहित पौडेल(कप्तान),आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी,अविनाश बोहरा,आकाश चन्द