इङ्ल्यान्ड

वाल्कर र मग्वायरले बेल्जियमविरुद्धको खेल गुमाउने

काठमाडौं । इङ्ल्यान्डका रक्षक कायल वाल्कर र ह्यारी मग्वायरले मंगलबार हुने बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

दुवै जना शनिबार सम्पन्न ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए । वाल्करले २० र मग्वायरले ६७औं मिनेटमा मैदान छाडेका थिए ।

यी दुईको अनुपस्थिति इङ्ल्यान्डलाई थप समस्या पार्ने देखिएको छ । ब्राजिलिविरुद्धको खेल गुमाएका कप्तान ह्यारी केन र वैकल्पिक गोलकिरपर साम जोनस्टोन बेल्यिमविरुद्धको खेलमा पनि मैदान नउत्रिने भएका छन्  ।

यसैगरी गोलकिपर जेम्स ट्राफोर्ड र रिको लुइसलाई टोलीमा बोलाइएको छ । ट्राफोर्डले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका हुन् ।

घाइते चारै खेलाडी थप उपचारका लागि आ-आफ्नो क्लब फर्किइसकेका छन् ।