मोहम्मद आमिर

आमिरले लिए संन्यास फिर्ता

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको निर्णय फिर्ता लिँदै आगामी जुनमा हुने ट्वान्टी २० विश्वकपका लागि उपलब्ध हुने बताएका छन् ।

आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । उनले विभिन्न फ्रेन्चाइजी लिग भने खेल्दै आएका छन् । त्यसअघि आमिर स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धमा परेका थिए ।

मोहसिन नक्वीको नेतृत्वमा रहेको पाकिस्तान क्रिकेट बोर्डले उनलाई पुनरागमन गर्न मनाएको बताइएको छ । आमिरले पाकिस्तानका लागि अन्तिम पटक सन् २०२० अगस्टमा इङ्ल्यान्डविरुद्ध ट्वान्टी २० खेल खेलेका थिए ।

आमिरले अहिलेसम्म ३६ टेस्ट, ६१ एकदिवसीय र ५० ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । आमिरले टेस्टमा ११, एकदिवसीयमा ८१ र ट्वान्टी २० मा ५९ विकेट लिएका छन् ।

यसअघि इमाद वासिमले पनि आफ्नो संन्यास फिर्ता लिँदै ट्वान्टी २० विश्वकपका लागि उपलब्ध हुने बताएका थिए ।