रामेछाप कप फुटसल प्रतियोगिता

एलबिआरवाइसी च्याम्पियन

काठमाडौं । लिखु भुजी रामेछाप युवा क्लब (एलबिआरवाइसी) दोस्रो रामेछाप कप फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ।

आइतबार भएको फाइनलमा एलबिआरवाइसीले अखिल क्रान्तिकारीलाई ८-२ ले पराजित गरेको आयोजक रामेछाप-काठमाडौं पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए।

यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले साथीको चिया अड्डालाई ६-४ ले हराउँदै तेस्रो स्थान हासिल गरेको छ।

उपाधिसँगै एलबिआवाइसीले ५० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको छ। यसैगरी दोस्रो भएको अखिल क्रान्तिकारीले ३० हजार र तेस्रो भएको लिभुराले २० हजार रुपैयाँ र मेडल पाए।

शनिबार र आइतबार भएको  प्रतियोगितामा रामेछापका १७ टोलीकाे सहभागिता थियो। 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्की लगायतले पुरस्कार वितरण गरेका थिए।