प्याब्सन स्पोर्टस मिट

प्याब्सन स्पोर्टस मिटः बास्केटबलतर्फ प्रतिभालाई दोहोरो उपाधि

पोखरा । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९-१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट २०८०’ अन्तर्गत प्रतिभा माविले दोहोरो उपाधि जितेको छ ।

पोखरा रंगशालामा भएकाे  प्रतियोगितमा बास्केटबलकाे  छात्र/ छात्रा दुवैतर्फ बास्केटबलमा प्रतिभा च्याम्पियन बनेको हो । प्रतिभाले छात्रतर्फको फाइनलमा माउन्ट अन्नपूर्ण माविलाई ६५-५९ को ले पराजित गर्दा छात्रातर्फ ग्लोबल कलेजियटलाई ४०-१८ ले स्तब्ध बनायो ।

त्यस्तै छात्र बास्केटबलमा मनकामनाले मेरिगोल्डलाई ५०-४० ले हराउँदै तेस्रो हासिल गर्दा छात्रातर्फ माउन्ट अन्नपूर्ण माविलाई २२-६ ले पराजित गर्दै मेरीगोल्डले तेश्रो स्थान हासिल गरेको छ ।

छात्र बास्केटबलमा प्रतिभाका केशव पुन उत्कृष्ट खेलाडी तथा माउन्ट अन्नपूर्णका अनिल पुन हाइस्कोरर घोषित भए भने छात्रातर्फ प्रतिभाकी स्वेच्छा थापा उत्कृट खेलाडी एवं हाइस्कोरर सोही विद्यालयकी मन्दिता गुरुङ भएकी छन् ।

यसैगरी बुधबार सम्पन्न छात्र भलिबलतर्फ गुरुकुल माविले उपाधि जितेको छ । फाइनल खेलमा गुरुकुल माविले स्पाइरललाई २३-२५, २५-१७, २५-२० ले पराजित गरेको थियो ।

छात्रतर्फ तेश्रो स्थानको लागि भएको खेलमा करुणानिधी मावीले पश्चिमाञ्चललाई २५-१३, २३-२५, २५-१५ ले पराजित गरेको छ । यसैगरी छात्रातर्फ गुरुकुलले प्रतिभालाई २५-१८, २५-१० को सोझो सेटमा पराजित गरि उपाधि जित्दा केफ मावीले स्टेप वाई स्टेपलाई २५-११, २५-८ ले जित्दै तेश्रो स्थान प्राप्त गर्न सफल भयो ।

छात्रा भलिबलमा गुरुकुलकी सुष्मिता श्रीपाली उत्कृष्ट खेलाडी तथा प्रतिभाकी अञ्जली किशान उत्कृष्ट स्पाइकर बन्न सफल भइन् । त्यस्तै छात्रतर्फ गुरुकुलका सुदिप सुनार उत्कृष्ट खेलाडी एवं स्पाइरल ग्यालेक्सीका हिमाल मगर उत्कृष्ट स्पाइकर घोषित भए ।

त्यस्तै टेबल टेनिसतर्फ समग्रमा सगरमाथा मावि प्रथम भएको भने स्टेपवाई स्टेप वाई स्टेप र ग्लोबल दोश्रो भएका छन् । टेबुल टेनिस खेलतर्फ सम्पन्न छात्र सिंगल्स फाइनलमा स्टेप वाई स्टेपका सुलभ केसी पहिलो हुँदा, सबलाइमका अमन पौडेल दोश्रो, बालप्रभातका सदिश अर्याल र ग्लोबलका प्रज्वल थापा तेश्रो भएका छन् । छात्रा सिंगल्स फाइनलमा सगरमाथाकी सेजल बानियाँ पहिलो, टप्सकी सम्पदा अर्याल दोश्रो, केफकी समृद्धि अधिकारी र ग्लोबलकी रोजिना गुरुङ तेश्रो भएका छन् ।

त्यस्तै टेबल टेनिस डबल्स छात्रतर्फ स्टेप वाई स्टेपका सुलभ केसी र प्रवेश पौडेलको जोडी पहिलो हुँदा टप्सका मुकेश थापा र धनेश घलेको जोडी दोश्रो तथा सगरमाथाका इशान बराल र सुक्रितिया सिग्देलको जोडी एवं रेन्वोका इशान थापा मगर र शिवशक्ति गुरुङले तेश्रो स्थान हात पारेका छन् । 

छात्रातर्फ केफका सभ्यता अधिकारी र समृद्धि अधिकारीको जोडि पहिलो, सगरमाथाकी सेजल बानियाँ र राधिका जैशी दोश्रो, ग्लोबलकी रोजिना गुरुङ र सृष्टि गुरुङ तथा टप्सकी सम्पदा गुरुङ र सम्झना नेपालीले तेश्रो स्थान हात पारे ।

प्रतियोगिता यहि पौष २५ गतेबाट सुरु भएको स्पोर्टस मिट अन्तर्गत छात्र/ छात्रा भलिबल, छात्र/ छात्रा बास्केटबल र छात्र/ छात्रा टेबल टेनिसका खेलहरुलाई प्राथमिकताका आधारमा सञ्चालन गरिएको स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

स्पोर्टस मिटमा छात्र भलिबलमा २२ र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ छात्रातर्फ १२,  टेबल टेनिस छात्र सिंगल्समा २६ र छात्रातर्फ २४, टेबल टेनिस छात्र/ छात्रा डबल्समा समान १४ टोलीको सहभागिता रहेको थियो ।