स्पेनिस ला लिगा

ग्रिनउड भित्र्याउने बार्सिलोनाको इच्छा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मेसन ग्रिनउडलाई भित्र्याउने इच्छा देखाएको छ ।

बार्सिलोनाले आगामी जनवरी ट्रान्सफर विन्डोमा ग्रिनउडलाई भित्र्याउन चाहन्छ । विभिन्न संञ्चार माध्यमकाअनुसार बार्सिलोनाले ग्रिनउडको खेल हेर्न आफ्नो स्काउट पठाएको छ ।

ग्रिनउड हाल गेटाफेबाट लोनमा खेलिरहेका छन् । यसैगरी एट्लेटिको मड्रिडले पनि गिन्रउड भित्र्याउन चहान्छ ।

गेटाफे पनि सिजनको अन्त्यमा ग्रिनउलाई स्थायी रूपमा अनुबन्ध गर्ने प्रयासमा छ । ग्रिनउडले १२ स्पेनिस ला लिग खेलमा २ गोल गर्नुका साथै ३ गोलका लागि अवसर सृजना गरेका छन् ।