कीर्तिपुर अन्तर नगरपालिका बास्केटबल

कीर्तिपुर अन्तर नगरपालिका बास्केटबलः अन्नपूर्ण च्याम्पियन

काठमाडौं । अन्नपूर्ण गाउँपालिका कीर्तिपुर अन्तर नगरपालिका मेयर कप यू-१८ पुरुष बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

अन्नपूर्णले आइतबार सम्पन्न फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१-८८ ले पराजित गरेको हो । अन्नपूर्णका केमन सेन्चुरीले २३ अंक जोडे ।

उपाधिसँगै अन्नपूर्णले एक लाख तथा उपविजेता कीर्तिपुरले ५० हजार रुपौयाँ प्राप्त गरे । केमन सेन्चुरी प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

कीर्तिपुर कभर्डहलमा पहिलो क्वार्टरमा २२-१३ को अग्रता लिएको अन्नपूर्ण दोश्रो र तेश्रो क्वार्टरमा क्रमशः २०-२३ र २०-२१ ले पछि परेको थियो । चौथो तथा अन्तिम क्र्वाटर अन्नपूर्ण २६-२४ ले आफ्नो पक्षमा पारेको थियो ।

ललितपुर महानगरपालिकाले नागर्जुन नगरपालिकालाई ९८-९३ ले हराउदै तेश्रो स्थान हासिल गर्यो । ललितपुर प्रनिशले ३० स्कोर गरे । ललितपुरले ३० हजार रुपैयाँ प्राप्त गर्यो ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, उप मेयर शुभलक्ष्मी शाक्य, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जन लगायतले पुरस्कृत गरे । प्रतियोगितामा आठ टोली सहभागी थिए ।