मेयर कप यू-१८ पुरुष बास्केटबल प्रतियोगिता

अन्नपूर्ण र आयोजक कीर्तिपुर फाइनलमा

काठमाडौं। अन्नपूर्ण गाउँपालिका र आयोजक कीर्तिपुर नगरपालिका कीर्तिपुर अन्तर नगरपालिका मेयर कप यू-१८ पुरुष बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा बिहीबार अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५-७० ले पराजित गरेको हो । अन्नपूर्णको जितमा राजु परियारले २३ अंक योगदान गरे ।

चारै क्वार्टरमा अग्रता लिएको अन्नपूर्णले २५-१८, २९-२०, २१-१६ र २०-१६ को प्रदर्शन गरेको थियो ।

अर्को सेमिफाइनलमा आशिष थापा मगरको ३४ अंक सहयोगमा कीर्तिपुरले नागर्जुन नगरपालिकालाई ७९-६५ ले हरायो ।

पहिलो क्वार्टरमा १२-१८ ले पछि परेको कीर्तिपुरले दोश्रो र तेस्रो क्वार्टरमा क्रमशः २३-१२ र २९-१५ को अग्रता लियो । चौथो तथा अन्तिम क्वार्टरमा नागर्जुन २०-१५ ले अगाडि रह्यो । फाइनल शनिबार हुनेछ ।