फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

भुटानलाई फाइभ नेसन्स बास्केटबलको उपाधि

काठमाडौं । फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको उपाधि भुटानले जितेको छ ।

माल्दिभ्सको मालेमा बिहीबार राति सम्पन्न फाइनलमा भुटानले बंगलादेमाथि ६२-६० को रोमाञ्चक जित निकालेको हो ।

 भुटानले नेपाललाई ६१-६० तथा बंगलादेशले पाकिस्तानलाई ७९-६५ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगितामा यी चारसहित आयोजक माल्दिभ्सको सहभागिता थियो ।

लिग चरणमा एक-अर्कासँग एक/ एक खेल खेलपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।