साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपः माल्दिभ्सले भुटानलाई हरायो

काठमाडौं । माल्दिभ्सले भारतमा जारी साफ च्याम्पियनसिपमा भुटानमाथि २-० को जित निकालेको छ । 

जितसँगै समूह ‘बी’को माल्दिभ्सले तीन अकं जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बिहीबार सम्पन्न खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमद र नाइज हसनले समान एक गोल गरे।

खेलको छैटौं मिनेटमा मोहमदले पेनाल्टीमार्फत गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । ९०औं मिनेटमा हसनले गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

बिहीबार नै सम्पन्न यही समूहको अर्को खेलमा लेबनानले बंगलादेशमाथि २-० कै जित निकालेको थियो ।