फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

फाइभ नेसन्स बास्केटबलः नेपाल भुटानसँग पराजित

काठमाडौं । नेपाल फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । 

माल्दिभ्सको मालेमा मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा भुटानले नेपालमाथि ६१-६० को रोमाञ्चक जित निकालेको हो ।

लिग चरणमा नेपाल शीर्ष स्थान तथा भुटान चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए ।

 नेपाल लिग चरणमा पनि भुटानसँग ५५-६१ ले पराजित भएको थियो ।

भुटानसँग पराजित नेपालले लिग चरणमा पाकिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।

यसैगरी लिग चरणमा नेपाल र माल्दिभ्समाथि जित निकालेको भुटान पाकिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।

भुटानले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ७९-६५ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।