संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

संस्कृति र युलेन्स च्याम्पियन

काठमाडौं । आयोजक संस्कृति र युलेन्सले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

संस्कृति गर्ल्स तथा तथा युलेन्स ब्वाइजमा च्याम्पियन बनेका हुन् ।

स्वयम्भूस्थित घरेलु कोर्टमा मंगलबार भएको गर्ल्स फाइनलमा संस्कृतिले काष्ठमण्डपलाई २७-१९ ले  हरायो । संस्कृतिको जितमा रियाना महर्जनले १३ अंक योगदान गरिन् ।

ब्वाइज फाइनलमा श्रृयुक्त शाहको २२ अंक सहयोगमा युलेन्सले रेडिअन्ट पब्लिकलाई ५३-४० ले हरायो ।

ब्वाइजतर्फ श्रृयुक्त शाह तथा गर्ल्सतर्फ समृद्धि शाह ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।