ट्रायथलन

ट्रायथलन टोली जापान जाने

काठमाडौं । एसियाली ट्रायथलन यू-२३ तथा जुनियर च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच  सदस्यीय नेपाली टोली बुधबार जापानको गामागोरी प्रस्थान गर्दै छ ।

जुन २४ देखि २६ सम्म हुने प्रतियोगितामा दुई पुरुष तथा एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा मौलिक महर्जनले यू-२३ तथा येजु महर्जनले जुनियरमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा श्रेबी महर्जनले जुनियरमा खेल्ने छिन् ।

मौलिक र श्रेबी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । खेलाडीले सात सय ५० मिटर स्विमिङ, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर रनिङ गर्नु पर्नेछ ।

टोलीको अफिसियलमा ज्ञानकृष्ण प्रजापती छन् । नेपाल ट्रायथलन संघका सदस्य मिकेन महर्जन पनि एसियाली ट्रायथलनको कोंग्रेसमा सहभागी हुन टोलीसँगै जापान जाँदै छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।