ऋत कप एसइइ बास्केटबल

एसकेसी र बलर्स च्याम्पियन

काठमाडौं । एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । एसकेसी ब्वाइज तथा बलर्स गर्ल्सतर्फ च्याम्पियन बनेका हुन् ।

बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा आइतबार भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटमाथि १२-१० को रोमञ्चक जित निकाल्यो । एसकेसीका सन्देश खड्काले पाँच अंक जोडे । 

डियुबिएचले टुख्यालाई ६-५ ले हराउदै तेश्रो स्थान हासिल गर्यो ।

 गल्र्सको उपाधि भिडन्तमा बलर्सले इन्साइट भिजनलाई ५-२ ले हरायो । बलर्सकी पेमा डोमा शेर्पाले तीन अंक जोडिन् । 

तेस्रो स्थानका लागि भएको खेलमा कथालयले राजधानीमाथि ११-५ को जित निकाल्यो ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीलाई नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरियो ।

विजेता टोलीका सदस्यताले सात हजार रुपैयाँसहित शतप्रतिशत छात्रवृत्ति प्राप्त गरे । उपविजेता ले पाँच हजार रुपैयाँ र ६० प्रतिशत छात्रवृत्ति तथा तेस्रो हुनेले श्रोले  तीन हजार पाँच सय रुपैयाँ र ४० प्रतिशत छात्रवृत्ति पाए ।

ब्वाइजमा एसकेसीका सौगात खत्री तथा गर्ल्समा बलर्सकी पेमा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनीहरुलाई पनिलाई शतप्रतिश प्रतिशतप्रदान गरियो ।

विजेतालाई ऋतका निर्देशक राजेन्द्र केसी, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव र बास्केटबल प्रशिक्षक विनोद क्षेत्रीले पुरस्कृत गरे । 

दुई दिने प्रतियोगितामा ब्वाइजतर्फ ९६ तथा गर्ल्सतर्फ २४ गरी एक सय २० टोली सहभागी थिए ।