खेलकुद सप्ताह

खेलकुद सप्ताह सुरु

खेलकुद सप्ताह उद्घाटनपछि बोल्दै धाविका पुष्णा भण्डारी

काठमाडौं । दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)को आयोजनामा आइतबारदेखि भक्तपुरमा खेलकुद सप्ताह २०८०
सुरु भएको छ ।  

खेलकुद सप्ताहमा फुटबल, भलिबल, कबड्डी, बास्केटबल लगायतका दुई दर्जन खेल समावेश गरिएको छ ।

कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीहरु गरी प्रतियोगितामा करिब दुई हजार सहभागी हुनेछन् ।

प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने छ ।

 खेलकुद सप्ताहको उद्घाटन धाविका पुष्पा भण्डारीले गरेकी थिइन् । कार्यक्रममा पुष्पाले पढाईसँंगै खेलकुदलाई पनि अगाडि लिएर जानुपर्नेमा जोड दिइन् ।

उद्घाटन कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठ लगायतको उपस्थिती थियो ।