वैशाख २९, २०८२ सोमबार | ०२:१६:२३
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

एकदिवसीय विश्वकप छनोट: जिम्बावेसँग नेपाल पराजित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोवल क्वालिफायर) को पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग  आठ विकेटको पराजय ब्यहोरेको छ ।  

हरारे स्पोर्टस क्लबमा नेपालले प्रस्तुत गरेको दुई सय ९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो ।

जिम्बावेका लागि क्रेइग इर्भिनले एक सय ३८ बलमा १५ चौका र एक छक्काको मद्दतमा अविजित एक सय २१ रन बनाए ।

यसैगरी सेन विलियम्स ७० बलमा १३ चौका र एक छक्काको मद्दतमा एक सय दुई रनमा अविजित रहे । विस्ती मदेभेरेले ३२ र जोयलर्ड गाम्बीले २५ रन बनाए ।

इर्भिनले तेस्रो विकेटका लागि विलियम्ससँग अविजित एक सय ६३ तथा दोस्रो विकेटका लागि मदेभेरेसँग ८२ रनको साझेदारी गरेका थिए । 

नेपालका लागि सोमपाल कामी र गुल्सन झाले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ९९ रन बनाए । यसैगरी अर्का ओनर आसिफ शेखले एक सय बलमा सात चौकाको मद्दतमा ६६, कुशल मल्लले ४१, कप्तान रोहितकुमार पौडेलले ३१, गुल्सन झाले १३ र आरिफ शेखले १० रन जोडे ।

पहिलो विकेटका लागि कुशल र आसिफले एक सय ७१ रनको साझेदारी गरेका थिए । यो नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च साझेदारी ज्ञानेन्द्र मल्ल र आसिफ शेखको नाममा थियो । उनीहरुले गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका एक सय ३९ रनको  साझेदारी गरेका थिए ।

यसैगरी तेस्रो विकेटका लागि कुशल मल्ल र रोहितले ७२ रनको साझेदारी गरेका थिए ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले चार, वालिङटन मास्काडजाले दुई तथा ब्लेसिङ्ग  मुजरवानी र  टान्डाइ चताराले समान एक विकेट लिए ।

दोस्रो खेलमा मंगलबार नेपालले अमेरिका तथा जिम्बावेले नेदरल्यान्ड्सको सामना गर्नेछन् । 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP