सप्तरी प्रिमियर लिग

सप्तरी प्रिमियर लिगः रुपनीको विजयी सुरुआत

राजविराज ।  सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण राजविराजमा आइतबारबाट सुरु भएको छ ।

सप्तरी क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ ।

पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा रुपनीले प्रस्तुत गरेको एक सय ५१ रनको लक्ष्य पछ्याएको राजविराजले २० ओभर नै  ब्याटिङ गरे पनि आठ  विकेट गुमाएर एक ३५ रन मात्र बनाउन सक्यो।

राजविराजका  लागि विक्रम सोबले सर्वाधिक ३४, तृतराज दासले ३३ तथा अविशेक कार्कीले २९ रन बनाए ।

रुपनीका लागि  फिर्दोश अन्सारीले तीन, धिरज मण्डलले दुई तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कंडेलले समान एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको  निम्तो पाएको रुपनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक ५० रनको योगफल तयार पारेको थियो ।

रुपनीका लागि लागि फिर्दोश अन्सारीले ४९ बलमा ६ चौका र दुई छक्काको मद्दतान सर्वाधिक ६१ रन बनाए । यसैगरी  रोहन बिकले ३३ तथा विकास दासले २० रन जोडे ।

चौथो विकेटका लागि  फिर्दोश र रोहनले ६५ रनको साझेदारी गरेका थिए ।

राजविराका लिग विक्रम सोबले दुई तथा दिपेश सरदार, तृतराज दास र सोहेल खानले समान एक विकेट लिए।

प्रतियोगितामा सोमबार विहान ९ बजे रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १ बजे छिन्नमस्ता लाइन्स र बजाज खडक वारियर्सबीच प्रतिस्पर्धा हुनेछ।