विद्यालय खेलकुद

चाँदबाग र रेडिअन्ट च्याम्पियन

काठमाडौं । आयोजक चाँदबाग र रेडिअन्ट पब्लिक चाँदबाग कमफेस्टको बास्केटबलमा च्याम्पियन बनेका छन् ।  चाँदबाग गर्ल्स तथा रेडिअन्ट ब्वाइजमा च्याम्पियन बनेका  हुन् ।

मंगलबार सम्पन्न गर्ल्सको फाइनलमा चाँदबागले पाठशाला नेपाललाई १२-११ ले हरायो । चाँदबागकी अमौलिका खड्काले ६ अंक जाडिन् । यस्तै ब्वाइज फाइनलमा रेडिअन्टले युरो स्कुललाई १७-१३ ले पराजित गरेको हो । रेडिअन्टका सुगम राना मगरले १७ स्कोर गरे ।

अमौलिका र सुगम प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए  ।

फुटबलतर्फ काष्ठमण्डप विद्यालयलाई २-१ ले हराउदै  लोयल्टी एकेडेमी च्याम्पियन बन्यो ।