वैशाख २६, २०८२ शुक्रबार | १६:१९:५४
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

ग्रान्ड स्लामको सपनामा अभिलाशा

काठमाडाैं । हरेक टेनिस खेलाडीले कुनै न कुनै बेला ग्रान्ड स्लाम खेल्ने  सपना त देख्दा हुन् । नेपालकी नम्बर एक  महिला टेनिस खेलाडी अभिलाशा विष्ट पनि अपवाद होइनन्, उनीले यस्तै सपना देखेकी छन् ।  

अभिलाशालाई मात्र होइन्, सबैलाई थाहा छ, यो ठूलै सपना हो । फरक के भने भर्खर १९ वर्ष पुगेकी अभिलाशा यसका लागि आजभोली कठिन मिहेनत पनि गरिरहेकी छिन् । आजभोली  उनको दिनचर्या पनि यस्तै छ, खाली टेनिस र टेनिस मात्रै ।

विहानै टेनिस, बेलुकै टेनिस, साझ पनि टेनिस । यति नगर्ने हो भने ग्रान्ड स्लाम खेल्ने सपना कहाँ पूरा हुन्छ र ? अभिलाभा भाग्यमानी पनि छिन्, किनभने उनलाई यो सपनामा साथ दिने परिवार छ । सानेपामा हुर्किबढेकी अभिलाशा र उनको परिवार अचेल थैवमा बस्छन् । उनी र उनका दाई अभिषेक सानैदेखि खेल माहोलमा हुर्के बढे । सेन्ट जेभियर्समा कुनै न कुनै खेल भइरहन्थ्यो । फुच्ची अभिलाशा टेनिसमा आकर्षित भइहालिन ।

उनले खेल्न थालेको पनि १२ वर्ष भइसकेको छ । सफ्टवेयर इन्जिनियरिङको अध्ययन गरिरहेकी अभिलाशाले यसबीच टेनिसको कोर्टमा तय गरेको यात्रा आफैमा निकै लोभलाग्दो छ नै यसमा गर्व पनि उत्तिकै गर्न सकिन्छ । 

आक्रामक हुदै बेसलाइनबाट खेल्न रूचाउने अभिलाशा खासमा अलराउन्डर शैलीकी खेलाडी हुन् । नेपाली टेनिसमा उनीसँग जोडिएर धेरै थोक पहिलो पटक भएको छ । त्यसैले पनि उनी विशेष छिन् । जस्तो की, उनी व्यवसायिक टेनिस खेलिरहेकी नेपालकै एक मात्र महिला खेलाडी हुन् । भर्खर जस्तै हो, उनी प्रो भएको । अहिलेसम्म वरियता भने प्राप्त गरेकी छैनन् । तर जुनियर छँदा उनी विश्व वरियताको चार सय २८ औं स्थानसम्म पुगेकी थिइन् । यति धेरै उचाईमा पुग्ने पनि उनी एक्ली नेपाली हुन् । 

पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा पनि उनले आफु सहभागी भएको चार वटै स्पर्धामा स्वर्ण जितेकी थिइन,त्यो भनेको वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धा ।

यस्तो उपलब्धी चुम्ने पनि उनी नै पहिलो टेनिस खेलाडी हुन् । निकै मिजासिली अभिलाशाको खेलको सबैभन्दा ठूलो विशेषता हो, अनुशासन । अहिलेसम्म व्यवसायिक खेलाडी भएयता तीन प्रमुख प्रतियोगितामा भाग लिइसकेकी छिन् र ती हुन्, १५ के डलरका दुई प्रतियोगिता र २५ के डलरको एक प्रतियोगिता । क्ले कोर्टमा खेल्न बढी रूचाउने अभिलाशा यस्तै प्रतियोगिता खेल्दा खेल्दै अंक बटुल्दै शिखरसम्म पुग्न चाहन्छिन् ।

यिनै अभिलाशालाई  नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ को पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन गरेको छ । उनीसँगै पाँच खेलाडी छन्, फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी र पौडीकी डुवान लामा  मनाेनयनमा परेका छन् । यो विधामा मनोनयमा पर्ने उनी टेनिसकै पहिलो खेलाडी पनि हुन् । उनी भन्छिन्,‘सबैभन्दा पहिले यसबारे समाचार सुन्दा म निकै खुसी भए,अली कती स्तब्ध पनि ।’

यसकाे कारण हाे अभिलाशा आफैंले  यत्तिको अपेक्षा पनि गरेकी थिइनन् । उनलाई के लाग्छ भने टेनिसबारे नेपाली खेलकुदमा कमै चर्चा हुन्छ, त्यसैले यस खेलका खेलाडीबारे पनि कम मात्र चर्चा हुन्छ । त्यसैले अभिलाशालाई अहिले गर्व पनि लाग्छ । तर यसको अर्थ यो होइन कि नेपाली टेनिसमा कसैले राम्रो गर्छ भने त्यो त्यत्तिकै ओझेलमा परोस । नेपाली खेलकुदले यिनै अभिलाशाबाट धेरै अपेक्षा राख्न सक्छ । अनि यस्तै उदयिमान खोलाडीलाई त हो, आफूले सक्दो मतदान गरेर जिताउने ।

पिपुल्स च्वाइस अवाडमा ई-सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक लाइकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने)  र  राष्ट्रिय प्रशिक्षक तथा खेल पत्रकारको मतभार समान १२.५ प्रतिशत हुनेछ । यसैको आधारमा फागुन २३ मा पल्सर स्पोर्टस अवार्डको दिन विजेता घोषणा गरिनेछ ।  

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP