कार्तिक २१, २०८२ शुक्रबार | ०९:४७:२२
बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’

उपाधिका लागि निशान र आरभ भिड्ने

निहालजंगबहादुर थापाविरुद्ध प्रतिस्पर्धा गर्दै निशान श्रेष्ठ ।

काठमाडौं । निशान श्रेष्ठ र आरभसम्राट हाडा ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन् ।

बिहीबार सम्पन्न सेमफिाइनलमा निशानले निहालजंगबहादुर थापालाई ६-३, ६-२ तथा आरभले राजवीर प्रधानलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गरे ।

यसैगरी महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६-१, ६-१ तथा स्वस्तिका विष्टले आइशाडोल्कर गुरुङलाई ६-१, ६-१ को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६-०, ६-० तथा सन्तोष खत्रीले भीष्मजंग गुरुङलाई ६-३, ६-३ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरेका छन् । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दिक्षितको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६-४, ६-२ तथा सन्तोष र छेवाङ लामाको जोडीले सिमान्त र नवीन श्रेष्ठको जोडीलाई ६-०, ६-० को सोझो सेटमा हराउँदै फाइनलमा पुगे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६-३, ६-१ तथा चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६-३, ७-५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६-१, ६-० तथा रोहित सुनुवारले मानबहादुर कटुवाललाई ६-२, ६-१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । 

५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६-१, ६-३ तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर बिसीको जोडीलाई ७-६, ६-१ ले हराउदै फाइनलमा पुगे ।

भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडीले फाडर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६-२, ६-१ ले पराजित गरी फाइनलमा पुगे ।

६५ वर्षमाथि पुरुष सिंगल्सकाे उपाधि ध्रुवबहादुर गुरुङले जिते । उनले फाइनलमा भिक्टर राणालाई ६-२, ६-३ ले निरास बनाए ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?