फाल्गुन २८, २०८२ बिहीबार | ०७:१६:११
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

उपाधिका लागि निशान र आरभ भिड्ने

निहालजंगबहादुर थापाविरुद्ध प्रतिस्पर्धा गर्दै निशान श्रेष्ठ ।

काठमाडौं । निशान श्रेष्ठ र आरभसम्राट हाडा ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन् ।

बिहीबार सम्पन्न सेमफिाइनलमा निशानले निहालजंगबहादुर थापालाई ६-३, ६-२ तथा आरभले राजवीर प्रधानलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गरे ।

यसैगरी महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६-१, ६-१ तथा स्वस्तिका विष्टले आइशाडोल्कर गुरुङलाई ६-१, ६-१ को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६-०, ६-० तथा सन्तोष खत्रीले भीष्मजंग गुरुङलाई ६-३, ६-३ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरेका छन् । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दिक्षितको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६-४, ६-२ तथा सन्तोष र छेवाङ लामाको जोडीले सिमान्त र नवीन श्रेष्ठको जोडीलाई ६-०, ६-० को सोझो सेटमा हराउँदै फाइनलमा पुगे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६-३, ६-१ तथा चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६-३, ७-५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६-१, ६-० तथा रोहित सुनुवारले मानबहादुर कटुवाललाई ६-२, ६-१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । 

५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६-१, ६-३ तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर बिसीको जोडीलाई ७-६, ६-१ ले हराउदै फाइनलमा पुगे ।

भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडीले फाडर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६-२, ६-१ ले पराजित गरी फाइनलमा पुगे ।

६५ वर्षमाथि पुरुष सिंगल्सकाे उपाधि ध्रुवबहादुर गुरुङले जिते । उनले फाइनलमा भिक्टर राणालाई ६-२, ६-३ ले निरास बनाए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||