फाल्गुन २८, २०८२ बिहीबार | ०७:१९:४३
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

आरभ र अभिलाषाको जोडीलाई उपाधि

अभिलाषा विष्ट, फाइल तस्विर ।

काठमाडौं । आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि  जितेका छ ।

शुक्रबार सम्पन्न फाइनलमा आरभ र अभिलाषाको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार च्याम्पियन बने । उनले फाइनलमा सन्तोष खत्रीलाई २-६, ६-१, १०-५ ले हराए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्रले इमल दीक्षितसँग मिलेर अर्को स्वर्ण  पदक हात पारे । उक्त जोडीले फाइनलमा खन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६-३, ६-४ को सोझो सेटमा हरायो  ।

५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही पहिलो भए । उनले फाइनलमा विमलकुमार गुरुङलाई ६-४,७-५ ले निरास बनाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई सीधा सेटमा ६-१, ६-४ ले हराए । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र धीर गुरुङको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणको जोडीमाथि ७-६, ७-५ को जित दर्ता गर्यो ।

५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६-१, ६-३ ले हराउँदै स्वर्ण  पदक हात पारे ।

प्रतियोगितअन्तर्गत अब दुई स्पर्धाको फाइनल हुन बाँकी छ । अन्तिम दिन शनिबार पुरुष सिंगल्समा निशान श्रेष्ठ र आरभसम्राट हाडा तथा महिला सिंगल्समा अभिलाषा विष्ट र स्वस्तिका विष्ट भिड्ने छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||