माघ ३, २०८२ शनिबार | ०९:३६:२३
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

आरभ र स्वस्तिका च्याम्पियन

काठमाडौं । आरभसम्राट हाडा र स्वस्तिका विष्टले पहिलो पटक सिटिजन्स बैंक टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आरभ पुरुष तथा स्वस्तिका महिला सिंगल्समा च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा शनिबार सम्पन्न पुरुष सिंगल्स फाइनलमा आरभले निशान श्रेष्ठलाई ६-३,६-२ को सोझो सेटमा पराजित गरे । आरभको समग्रमा यो तेश्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए ।

यो स्पर्धामा निहालजंगबहादुर थापा र राजवीर प्रधान तेश्रो भए ।

महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले अभिलाषा विष्टलाई सीधा सेटमा ६-१, ६-३ ले हराइन् । स्वस्तिकाको यो पहिलो सिनियर सिंगल्स उपाधि हो । आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेश्रो स्थान हासिल गरे । 

पुरुष/महिला दुवैमा शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा ११ स्पर्धा समावेश थियो । मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बने ।

काठमाडौं जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी च्याम्पियन बने ।

विजेतालाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्द, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, मुख्य प्रायोजक सिटिजन्स बैंकका सञ्चालकत्रय प्रकाश मैनाली, विजयध्वज कार्की र दिगविजय विष्टलगायतले पुरस्कृत गरे । 

वैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६३ खेलाडी सहभागी थिए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate