काठमाडौं । राजवीर प्रधान, आरभसम्राट हाडा, निशान श्रेष्ठ र निहालजंगबहादुर थापाले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा स्थान बनाएका छन् ।
राजवीरले बुधबार सम्पन्न क्वार्टरफाइनलमा नेपाल नम्बर एक प्रदीप खड्कालाई ६-४, ७-५ को सोझो सेटमा पराजित गरे ।
यसैगरी आरभसम्राटले सक्षमविक्रम शाहलाई ६-२,६-१, निशानले प्रणव खनाललाई ४-६, ६-२, ७-५ तथा निहालले प्रीतम परियारलाई ६-२,६-१ ले निरास बनाउँदै अन्तिम चारको यात्रा तय गरे ।
महिला सिंगल्समा अभिलाषा विष्टले समृद्धि महर्जनलाई ६-२, ६-०, जेनी खड्काले प्रकृति श्रेष्ठलाई ६-२,६-०, आइशा डोल्कर लामाले कर्मिस्था नुगाह श्रेष्ठलाई ७-६,६-३ तथा स्वस्तिका विष्ठटले सुनिरा थापालाई ६-३, ३-६ ,७-६ ले हराउदै सेमिफाइनलमा पुगे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ र सन्तोष खत्रीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा ४५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडी डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ५-७, ६-३, १०-७ ले हराउँदै च्याम्पियन बन्यो ।
यता भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा भिक्टर राणा, ध्रुवबहादुर गुरुङ, उत्तम बोगटी र विमलकुमार गुरुङ सेमिफाइनलमा पुगे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, चन्द्र शाही, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले अन्तिम चारको यात्रा तय गरे ।