फाल्गुन २८, २०८२ बिहीबार | ०७:१६:३९
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि


काठमाडौं । विश्व नम्बर एक इटालियन खेलाडी यानिक सिनरले दुई पटकको डिफेन्डिङ च्याम्पियन कार्लोस आल्कारेजलाई हराउँदै पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् ।

आइतबार सिनरले ४–६, ६–४, ६–४, ६–४ को सेटमा विश्व नम्बर दुई आल्कारेजलाई निराश पारेका हुन् । योसँगै सिनरले पाँच हप्ताअघि फ्रेन्च ओपनमा आल्कारेजसँग बेहोरेको हारको बदला समेत लिएको छ ।

विम्बल्डनको उपाधि जित्ने पहिलो इटालियन खेलाडी बनेका २३ वर्षिय सिनरको यो चौथो ग्रान्डस्लाम उपाधि हो । सिनरले यसै वर्ष अस्ट्रेलियन ओपनको उपाधि रक्षा गरेका थिए । त्यस्तै गत वर्ष उनी पहिलो पटक युएस ओपन च्याम्पियन बन्न सफल भएका थिए ।

हारसँगै २२ वर्षिय आल्कारेज छैटौं ग्रान्डस्लाम जित्न असफल रहे । ग्रान्डस्लाम फाइनलमा आल्कारेजको यो पहिलो हार हो ।

शनिबार महिला सिंगल्सको फाइनलमा पोलिश खेलाडी इगा स्विटेकले अमेरिकन अमान्दा अनिसिमोभालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक विम्बल्डन उपाधि जितेकी थिइन् । स्विटेकको यो छैटौं ग्रान्डस्लाम उपाधि हो ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||