काठमाडौं । घरेलु खेलाडी कोको गौफ वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको महिला एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेकी छन् ।
आर्थर एश रंगशालमा सम्पन्न पहिलो चारणमा तेस्रो वरियताकी गौफले अस्ट्रेलियन खेलाडी अज्ला टोम्जानोभिचविरुद्ध २-१ सेटको जित दर्ता गरिन् ।
पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारेकी गौफले निकै प्रतिस्पर्धात्मक दोस्रो सेट भने ६-७ (२-७) ले गुमाइन् । तेस्रो तथा निर्णायक सेटमा ७-५ ले अगाडि रहँदै गौफले अघिल्लो चारणको यात्रा तय गरिन् ।
गौफले दोस्रो चरणमा क्रोएसियाकी डोना भेकिचको सामना गर्नेछिन् । भेकिचले स्पेनिस खेलाडी जेसिका बोजास मानेइरोलाई ३-६, ७-५, ६-३ ले निरास बनाउँदै दोस्रो चरणमा स्थान सुरक्षित गरेकी हुन् ।
यसैगरी जापानी स्टार नाओमी ओसाकाले पनि दोस्रो चरणको यात्रा तय गरेकी छन् । उनले बेल्जियमकी ग्रिट मिनेनलाई ६-३, ६-४ को सोझो सेटमा हराइन् ।