असार २०, २०८२ शुक्रबार | २०:०७:५५
तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा

पुरुष सिंगल्सतर्फ क्वार्टरफाइनलमा पुग्ने खेलाडीको टुंगो लाग्याे

पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्दै सक्षमविक्रम शाह ।

काठमाडौं  । सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ क्वार्टरफाइनलमा पुग्ने खेलाडीको टुंगो लागेको छ ।  

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा बुधबार सक्षमविक्रम शाहले अभिनय अछामीलाई ६-०, ६-० तथा प्रदीप खड्काले सोमज श्रेष्ठलाई ६-०, ६-० को सोझो सेटमा  पराजित गरे ।

यसैगरी राजवीर प्रधानले निश्चल कायश्थलाई ६-०,६-२, आरभसम्राट हाडाले सन्देश अधिकारीलाई ६-०, ६-०, प्रणव खनालले दर्शिल श्रेष्ठलाई ७-५, ६-३, निशान श्रेष्ठले सर्वेश खनाललाई ६–०,६–०, निहालजंगबहादुर थापाले बोरिस अधिकारीलाई ४-६, ६-१, ६-२ तथा प्रितम परियारले दावासोनाम शेर्पालाई ६-३, ६-४ को सेटमा हराउदै क्वार्टरफाइनलको यात्रा तय  गरे ।

मिक्स डबल्समा अभिलाषा विष्ट र आरभसम्राट हाडाको जोडीले इन्द्रकला श्रेष्ठ र हरसिंह धामीको जोडीलाई ६-०, ६-१ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीले रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडीलाई ७-५,६-२ तथा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडीले मानबहादुर कटुवाल र हिमाल शाहको जोडीलाई ६-१,६-४ ले हराउदै उपाधि भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, साम्डुप लामा गगन महर्जन, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन र सन्तोष खत्री  क्वार्टरफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा वाल्टर स्मित, नाम्लाङ तेन्जिन, विदुर विष्ट र ध्रुवबहादुर गुरुङले सेमिफाइनल यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, देव क्षेत्री, म्याट ब्रोससार्ड, महेश श्रेष्ठ, छेवाङ लामा, मानबहादुर कटुवाल, मेगेन्द्रप्रकाश गिरी र रोहित सुनुवारले क्वार्टरफाइनलमा स्थान पक्का गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा प्रदिप शाह, राजु राई र चन्द्र शाहीले क्वार्टरफाइनलमा स्थान बनाए ।


भिडियो
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUA;IFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team