फेका कप

पेका कपः न्यु स्टार र ओरिएन्टल विजयी

काठमाडौं । न्यु स्टार पोल र ओरिएन्टलले १५ औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा जित निकालेका छन् ।

पेप्सीकोलास्थित  फुटबल मैदानमा मंगलबार सम्पन्न खेलमा न्यु स्टारले अक्षरिकालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गरेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

मंगलबार नै सम्पन्न अर्को खेलमा ओरिएन्टलले कस्मिकलाई ५-१ ले पराजित गरेकाे थियाे । विजेता टोलीका लागि क राहुल मगर र प्रान्जल भुजेलले समान दुई तथा अभिषेक सुनुवारले एक गोल गरे । कस्मिकका सुदिप मगरले एक गोल फर्काए ।