अन्तरप्रदेश खेलकुद

अन्तरप्रदेश खेलकुदः बागमती च्याम्पियन

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रथम अन्तरप्रदेश खेलकुदमा बागमती प्रदेश च्याम्पियन बनेको छ । बागमतीले ६१ स्वर्ण, ४३ रजत र ३६ कांस्य गरी १४० पदक जित्यो ।  

यसैगरी दोस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशलेले समान २१ स्वर्ण र रजत तथा २९ कांस्य गरेर ७१ पदक हात पार्यो । तेस्रो भएको कोशीले १६ स्वर्ण, २३ रजत र ३६ कांस्य गरी ७५ पदक आफ्नो पक्षमा पार्यो ।  

गण्डकी, लुम्बिनी र कर्णालीले समान ११ स्वर्ण पदक जिते । गण्डकीले थप १८ रजत र २० कांस्य गरी ४९ पदक हात पार्यो ।

त्यस्तै लुम्बिनीले थप १६ रजत र २८ काँस्य गरी ५५ तथा कर्णालीले थप १० रजत र २४ कांस्य ४५ पदक जिते ।

पुछारमा रहेको मधेश प्रदेश समान तीन स्वर्ण र रजत तथा १५ कांस्य गरेर २१ पदक जित्यो ।

नै खेल समावेश प्रतियोगितामा प्रतियोगितामा १३४ स्वर्ण, १३४ कास्य र १८८ कांस्य गरी कुल ४५५ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

पुरुष फुटबल 
पुरुष फुटबलमा कोशी प्रदेश च्याम्पियन भएको छ । हेटौंडाको गौरीटार रंगशालामा भएको फाइनलमा कोशीले बागमती प्रदेशलाई १-० ले पराजित गर्यो ।

हेटौंडामा भएको फाइनलमा कोशी प्रदेशका लागि निमा तामाङले निर्णायक गोल गरे ।

यसअघि महिलाको उपाधि पनि कोशीले जितेको थियो ।