इङ्लिस प्रिमियर लिग

लिभरपुल घरेलु मैदानमै पराजित

काठमाडौं । लिभर पुल इङ्लिस प्रियिमर लिगमा आइतबार क्रिस्टल प्यालेससँग घरेलु मैदानमै १-० ले पराजित भएको छ ।

एनफिल्डमा क्रिस्टललाई जित दिलाउन इबेरेची इजेले गरेको एक मात्र गोल निर्णायक बन्यो । इजेले खेलको १४औं मिनेटमा गोल गरे उनले टाइरिक मिचेलको पासलाई पोस्टको दिशा दिए ।

पराजयसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको लिभरपुल ३२ खेलबाट ७१ अंकका साथ तेस्रो स्थानमा छ । जित निकालेको क्रिस्टल समान खेलबाट ३३ अंक जोडेर १४औं स्थानमा छ ।

लिग अन्तर्गतको अर्को खेलमा फुलहमले वेस्टहम युनाइटेडविरुद्ध २-० को सहज जित निकाल्यो ।