इटालियन सिरी ए

बराबरीमा रोकिए मिलान र सासोउलो

काठमाडौं । एसी मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार घरेलु टोली सासोउलोलाई ३-३ को बरारीमा रोकेको छ ।

मापेइ रंगशालामा मिलानका लागि राफेल लियो, लुका जोभिक र नोआ ओकाफरले गोल गरे । सासोउलोका लागि आर्मान्ड लोरिएन्टले दुई तथा एन्ड्रिया पिनामोन्टीले एक गोल गरे ।

यो नतिजासँगै ३२ खेलमा ६९ अंक जोडेको मिलान दोस्रो स्थानमा छ । सासोउलो समान खेलबाट २६ अंकका साथ १८औं स्थानमा छ ।

खेलको चौथो मिनेटमै पिनामोन्टीको गोलमार्फत सासोउलोले अग्रता लिएको थियो । ६ मिनेटपछि नै लोरिएन्टले टोलीको अग्रता दोब्बर बनाए ।

लियोले २०औं मिनेटमा लियोले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ५३औं मिनेटमा लोरिएन्टले ब्यक्तिगत दोस्रो गोल गर्दा सासोउलो ३-१ ले अगाडि बढ्यो ।

जोभिकले ५९औं मिनेटमा गोल गदैै खेललाई ३-२ को स्थितीमा ल्याए । निर्धारत समय सकिन चार मिनेट बाँकी छँदा ओकाफरले गोल गरेपछि मिलान अंक खोस्न सफल भयो ।