युवा तथा खेलकुद मन्त्रातय

मन्त्रालयले माग्यो क्रिकेट र फुटबल संघसँग विभिन्न विवरण एवं कागजात

काठमाडाैं । युवा तथा खेलकुद मन्त्रातयले नेपाली क्रिकेट तथा फुटबल विकासको लागी थप योजना,नीति तथा रणनीति तयार गर्नका लागि सम्बन्धित संघहरुका काम, कारवाही एवं क्रियाकलापका विवरण एवं कागजातहरुको प्रमाणित प्रतिलिपीहरु उपलब्ध गराउन माग गरेको छ ।

मन्त्रलयले संघको विधान, पदाधिकारीहरुको विवरण, पछिल्ला तीन वर्षको प्रगति र लेखा परिक्षण प्रतिवेदन, खेलको विकाशका लागि संघहरुको योजना तथा कार्यक्रम,भौतिक पूर्वाधार र उपकरणहरुको विवरण, संघको आम्दानीका स्रोत, पछिल्ला तीन वर्षमा सहभागिता जनाएको प्रतियोगिता लगायतका विवरण उपलब्ध गराउन भनेको छ ।

यस्ता छन् मन्त्रातयले विवरण उपलब्ध गराउन गरेका बुँदाः

१ संघको स्वीकृत विधान,
२ कार्यरत पदाधिकारीहरुको नाम, ठेगाना, सम्पर्क नं.र पदावधि,
३ कार्यकारीको भूमिका निर्वाह गर्ने पदाधिकारी र कर्मचारीको नाम, पद र सम्पर्क नं, 
४ कार्यरत कर्मचारीहरु (स्थायी, अस्थायी, करार, ज्यालादारी समेत),
५ पछिल्लो तीन वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन,
६ भौतिक पूर्वाधार र उपकरणहरुको विवरण,
७ खेलको विकासका लागि प्रदेश र स्थानीय तहसम्मका सञ्जाल तथा गतिविधिहरु,
८ खेलको विकासको लागि संघबाट तयार भएका योजना, गुरुयोजना तथा कार्यक्रमहरु,
९ पछिलो तीन वर्षमा सहभाभगिता भएको अन्तर्राष्ट्रिय प्रतियोगिता (मिति र स्थान),
१० पदाधिकारीहरुले गरेको विदेश भ्रमणको विवरण
११ संघको आम्दानीको स्रोत (वैदेशिक समेत खुलाउने)