अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

स्लोभेनियासँग पोर्चुगल पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २-० ले पराजित भएको छ ।

स्टोजिस रंगशालामा मंगलबार स्लोभेनियालाई जित दिलाउन एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । 

एडमको गोलमार्फत ७२औं मिनेटमा स्लोभेनियाले अग्रता लियो । त्यसको नौं मिनेटपछि एल्सनेकले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

यो हारसँगै पोर्चुगलको ११ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।  पोर्चुगल पछिलो पटम फिफा विश्वकप २०२२ मा मोरोक्कोसँग १-० ले पराजित भएको थियो ।