चैत्र १५, २०८२ आइतबार | ०३:३४:४७
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

खुल्ला ब्यायम प्रतियोगिता बैशाख १५ गते हुने

काठमाडौं । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनमा बैशाख १५ गते राष्ट्रिय ‘स्ट्रिट गेम्स’ खुल्ला ब्यायम प्रतियोगिता हुने भएको छ ।

बौद्धस्थित बाग्मती नगर पार्कमा हुने प्रतियोगिताको छैटौं संस्करणमा २५० भन्दा बढि खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

वर्ल्ड पावरलिफ्टिङ्ग र युरोपियन स्ट्रिट लिफ्टिङ्ग महासंघको मान्यता प्राप्त प्रतियोगितामा सर्किट र बार गरी दुई विद्या समावेश गरिएको छ ।

सर्किटतर्फ खुल्ला महिला पुरुष, जुनियर (१९ वर्ष मुनि), पुरुष मास्टर्स ४५ वर्षमाथि र महिला मास्टर्स ४० वर्षमाथि गरी पाँच समूहमा प्रतिस्पर्धा हुने छ ।  

यसैगरी बारतर्फ खुल्ला महिला पुरुष बार, जुनियर (१६ वर्ष मुनि) गरी तीन समूह समावेश गरिएको छ ।

प्रतिस्पर्धामा सर्किट र बार विद्यातर्फ प्रत्येक समुहका विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानामा रहनेले १० हजार रुपैयाँका साथै मेडल, ट्रफी, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्यापर प्राप्त गर्र्नेछन् ।

यसैगरी प्रत्येक समूहमा शीर्ष पाँचौ स्थानसम्म रहने खेलाडीको अंकका आधारमा एक टोलीलाई स्ट्रोङ्गेस्ट क्लब घोषणा गरिनेछ ।

बजाज पल्सरसँगको सहकार्यमा हुने लागेको यस प्रतियोगिताको अनुमानीत बजेट २५ लाख ५० हजार रुपैयाँ छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो