एनएनआइपिए स्पोर्टस अवार्ड

फुयाललाई एनएनआइपिए खेलकुद पत्रकारिता सम्मान

काठमाडौं । खेलाडी डटकमका प्रवन्ध सम्पादक तथा खेलकुद पत्रकार अजय फुयालले एनएनआइपिए खेलकुद पत्रकारिता सम्मान प्राप्त गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी) ले सोमबार १८औं एनएनआइपिए स्पोर्टस अवार्ड कार्यक्रममा फुयाललाई खेलकुद पत्रकारिता सम्मान प्रदान गरेको हो ।

पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई पुर्याएकाे योगदानको कारण फुयाललाई पुरस्कृत गरिएको हो । ललितपुरको शंखमुलस्थित यल दरबार भेन्युमा जारी समारोहमा सम्मानहित फुयालले ३५ रुपैयाँ हजार प्राप्त गरे ।

करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय फुयाल खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष हुन् ।