एनएनआइपिए स्पोर्टस अवार्ड

एनएनआइपिए स्पोर्टस अवार्डः दीपक र सुष्मा सर्वोकृष्ट

काठमाडौं । एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले शंखमुलस्थित याल दरबार भेन्युमा सोमाबार आयोजना गरेको १८औं एनएनआइपिए स्पोर्टस अवार्डमा दीपक पुरुष तथा सुष्मा महिलातर्फ सर्वोकृष्ट खेलाडी चुनिए । उनीहरुले अवार्डसहित जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

यसैगरी पौडीकी डुवाना लामा महिला तथा  राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल पुरुषतफै प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

भारोत्तलनका दुर्गामान तामाङलाई पारा एथलिट सम्मान,धर्ममान बज्राचार्यलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान  र  खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाललाई खेलकुद पत्रकारिता सम्मान प्रदान गरिएयो ।

पारा अवार्ड विजेताले १५ हजार तथा गजराज आदर्श खेल व्यक्तित्व र खेलकुद पत्रकारिता सम्मान विजेताले ३५ हजार रुपैयाँ पाए ।

यसैगरी नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलबाट समान एक जनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरियो । उनीहरुले जनही २० हजार रुपैयाँ प्राप्त गरे

वर्ष २०७९ का उत्कृष्ट खेलाडीः

आर्चरी, प्रशदा आचार्य

एथलेटिक्स,दीपक अधिकारी

ब्याटमिन्टन, प्रिन्स दाहाल

बास्केटबल, अनुषा मल्ल

बक्सिङ, सुष्मा तामाङ

बडिविल्डङ, अशिमबावु गुरुङ

चेस, रुपेश जैसवाल

क्रिकेट, रोहितकुमार पौडेल (राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान)

साइक्लिङ, सुरज रानामगर

फेन्सिङ, शिक्षा नापित

फुटबल, किरणकुमार लिम्बु (राष्ट्रिय फुटबल टोलीका कप्तान)

फुल कन्ट्रयाक कराते, सन्देश मानन्धर

गल्फ, सुवास तामाङ

जिम्न्यास्टिक, राजु राई

ह्यान्डबल, शान्तिकला राई

हक्की, महेश धानी

आइटिएफ तेक्वान्दाे, रुविका खड्का

जुडो, देवकीमाया श्रेष्ठ,

कबड्डीः अनुजा कुलुङराई

कराते, विजय श्रेष्ठ

खो खो, सरस्वती कठायत

लन टेनिस, सलोनी तामाङ

प्याराग्लाइडिङ, रीता श्रेष्ठ थापा

रग्बी निरोज कार्की

सेपाकताक्रो, उषा महर्जन

स्क्वास, अमृत थापामगर

सुटिङ, सुजन रानामगर

सफ्ट टेनिस, युकेश योञ्जन

स्विमिङ, डुवाना लामा

टेबल टेनिस, स्यान्टु श्रेष्ठ

तेक्वान्दो, काजल श्रेष्ठ

ट्रायथलन, श्रेबी महर्जन

भलिबल, रविन चन्द

भारोत्तलन, जुनमाया छन्त्याल

उसु, समन गुर्सी

रेस्लिङ, सुरेश चुनारा