कोन्काकाफ नेसन लिग

मेक्सिकोलाई हराउँदै अमेरिका च्याम्पियन

काठमाडौं । मेक्सिकोमाथि २-० को जित निकाल्दै अमेरिका कोन्काकाफ नेसन लिगको च्याम्पियन बनेको छ ।

घरेलु मैदान एटी एन्ड टी रंगशालामा सोमबार अमेरिकालाई जित दिलाउन टाइलर एडम्स र जियोभनी रेनाले गोल गरे ।

खेलको ४५औं मिनेटमा एडम्सको गोलमार्फत अमेरिकाले अग्रता लिएको थियो । ६३औं मिनेटमा रेनाले गोल गर्दै अमेरिकालाई २-० को जित दिलाए ।

प्रतियोगितमा उत्तर अमेरिका, सेन्ट्रल अमेरिका र क्यारेवियन क्षेत्रका राष्ट्रले सहभागिता जनाएका थिए ।