नेपाली क्रिकेट

‘स्पट फिक्सिङ’को आरोप लागेका पाँचै जनाले पाए सफाइ

काठमाडौ । क्रिकेटर आदिल अन्सारीसहित नेपाल ट्वान्टी-२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको अभियोग लागेका पाँचै जनाले सफाइ पाएका छन्।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनीहरुलाई  सफाइ दिएको हो।

केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा २०७९ फागुन ५ गते उनीहरुविरुद्ध मुद्दा दर्ता गराएको थियो ।

न्यायाधीश पोखरेलको इजलासले अन्तिम फैसला गर्दै दाबी नपुग्ने उल्लेख गरेको छ ।

आदिलसँगै नितेश गुप्ता भन्ने नितेश शाह, नवीन कँडेल, रवि माझी र मेहबुब आलमले पनि सफाइ पाएका छन्। आलम नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी हुन्।